नियम १४७
पोशाक तथा अन्य सामान
: (१) सशस्त्र प्रहरी बलको पोशाकको रङ, किसिम, गुणस्तर र अन्य विवरणहरु सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा नेपाल सरकारले स्वीकृत गरे बमोजिम हुनेछ ।
(२) सशस्त्र प्रहरी कर्मचारीलाई दर्जा अनुसार अनुसूची–१५ मा उल्लेख भए बमोजिम प्रारम्भिक पोशाक (जाडो र गर्मी मौसम अनुसार) र अन्य सामानहरु उपलब्ध गराईनेछ ।
(३) प्रत्येक राजपत्राङ्कित सशस्त्र प्रहरी अधिकृतलाई मौसम अनुसारको सेरिमोनियल तथा ट्यूनिक पोशाक र सोको लागि आवश्यक पर्ने सामानहरु खपत अवधिको आधारमा उपलब्ध गराईनेछ ।
(४) सशस्त्र प्रहरी कर्मचारीलाई वितरण गरिएको पोशाक तथा सामान निश्चित अवधि पुगी वा सरकारी काम विशेषले फाटी वा टुटी गएमा उपनियम (६) बमोजिमको समितिले ठह¥याए बमोजिम सट्टाभर्ना दिईनेछ ।
(५) सशस्त्र प्रहरी कर्मचारीलाई उपनियम (२) बमोजिमको तयारी पोशाक उपलब्ध गराउन नसकिएको अवस्थामा स्थानीय दर बमोजिम सिलाई ज्याला उपलब्ध गराइनेछ ।
(६) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सशस्त्र प्रहरी बलमा रहेका नियन्त्रित सामानमध्ये केही वा सबै सामान सशस्त्र प्रहरी कारबाहीको समयमा लुटिएमा वा काम नलाग्ने वा चलनमा नआउने भएमा देहाय बमोजिमको समितिको सिफारिसमा पाँच लाख रुपैयाँ सम्मको भए सशस्त्र प्रहरी महानिरीक्षक र सो भन्दा बढी रकमको भए मन्त्रालयले मिन्हा दिने, सडाउने, गलाउने, धुल्याउने वा लिलाम गर्ने आदेश दिन सक्नेछ :–
(क) सशस्त्र प्रहरी नायब महानिरीक्षक, प्रधान कार्यालय, कार्य विभाग – अध्यक्ष
(ख) आर्थिक प्रशासन महाशाखा प्रमुख, प्रधान कार्यालय – सदस्य
(ग) मन्त्रालयको राजपत्राङ्कित द्धितीय श्रेणीको कर्मचारी – सदस्य
(घ) महालेखा नियन्त्रक कार्यालयको राजपत्राङ्कित श्रेणीको कर्मचारी – सदस्य
(ङ) प्रधान कार्यालयले तोकेको सम्बन्धित विषयको विशेषज्ञ – सदस्य
(च) प्रबन्ध शाखा प्रमुख, प्रधान कार्यालय – सदस्य
(छ) भण्डार शाखा प्रमुख, प्रधान कार्यालय – सदस्य–सचिव
स्पष्टीकरण : यस उपनियमको प्रयोजनका लागि “नियन्त्रित सामान” भन्नाले सशस्त्र प्रहरी बलको हातहतियार, खरखजाना र प्रधान कार्यालयले समय समयमा नियन्त्रित सामान भनी तोकिदिएको सामान सम्झनु पर्छ ।
(७) सशस्त्र प्रहरी बलमा रहेका सरकारी सामानहरु सडाउन, गलाउन, मिन्हा दिन, धुल्याउन वा लिलाम गर्नु पर्ने भएमा प्रचलित कानून बमोजिम गर्नु पर्नेछ ।
(८) सशस्त्र प्रहरी कर्मचारीहरुको व्यावसायिक तालीम एवं बार्षिक चाँदमारीको समयमा रेञ्जकोर्ष बमोजिम खर्च भएका गोलीगट्ठा तथा बिष्फोटक पदार्थहरुको मिन्हा नियम १४८ बमोजिम गठन हुने कण्डेम्नेशन समितिको सिफारिसमा सशस्त्र प्रहरी महानिरीक्षकले गर्नु पर्नेछ ।